
काठमाडौै । संघीय संसदको दुवै सदनको चालू अधिवेशन भोलि रातिबाट अन्त्य हुनेभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को २४ गतेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको हो । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो ।
चालू अधिवेशनले प्रतिनिधिसभाका सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित गरिसकेको छ भने भोली उपसभामुखको निर्वाचन हुँदै छ ।
त्यसैगरी चालू अधिवेशनले यसअघि सरकारले निर्वाचन र अन्य प्रशासनिक कामका लागि बाधा अड्काउ फुकाउ गर्न ल्याएका विभिन्न अध्यादेश सदनमा टेबुल गरेको छ । यस्तै प्रतिनिधिसभा कार्यसन्चालन नियमावली मस्यौदा समिति पनि गठन गरेको छ ।