‘उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रविको आश्वासनमा उम्मेदवारी दियौँ’

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रविको आश्वासनमा उम्मेदवारी दियौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारूढ दल रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको खुलासा गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपसभामुखमा पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले यस्तो खुलाउनुभएको हो । शाहीले उपसभामुखको उम्मेदवारीले संसद्‌मा पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको दाबी गर्नुभयो । 

उहाँले रास्वपाको धोकाले नयाँ र पुराना दलहरूको साइनबोर्ड मात्र फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी गर्नुभयो । उहाँले उपसभामुख पदमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी केवल पदका लागि नभइ आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी बन्ने प्रवृत्तिविरूद्धको संघर्ष भएको पनि टिप्पणी पनि गर्नुभयो ।

रास्वपा सभापति लामिछानेको ग्रीन सिग्नलपछि बिहीबार राप्रपा सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.