मन्थली उत्कृष्ट नगरपालिका घोषित

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मन्थली उत्कृष्ट नगरपालिका घोषित

रामेछाप । नेपाल नगरपालिका संघले रामेछापको मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ। 

आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको आधारमा मन्थली नगरपालिका उत्कृष्ट बनेको हो। 

नेपाल नगरपालिका संघ को ३३औँ स्थापना दिवसको देशभरका नगरपालिकाहरूको अध्ययन, सर्वेक्षण तथा मूल्याङ्कनपश्चात् संघले मन्थलीलाई उत्कृष्ट नगरका रूपमा छनाेट गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.