
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघि बैठक सुरू भएको हो । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको विवाद झन् चर्किएको छ । लेखक पक्राउको विषयमा संस्थापनइतर समूहले सन्तुलित विज्ञप्ति जारी गरेपछि देउवा समूहले समानान्तर गतिविधि गरिरहेको छ ।
समानान्तर गतिविधि गरेको भन्दै नेता पूर्णबहादुर खड्कामाथि कारबाही गर्ने बताइएको छ ।