कांग्रेस संस्थापनइतर नेताहरूको केन्द्रीय समिति बैठक सुरू

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस संस्थापनइतर नेताहरूको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर नेताहरूको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

मंगलबारबाट सुरू भएको बैठकलाई निरन्तरता दिइएको हो । पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्का-शेखर कोइराला समूहले आगामी दिनको रणनीति तय गर्न छलफल थालेको हो । 

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४औं केन्द्रीय कार्यसमितिमा रहेका यो समूहमा भएकाहरू सहभागी छन् । बुधबारको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ । संस्थापन इतर पक्षले आफ्नो समूहको गतिविधि अघि बढाएको पनि संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.