
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै शाहलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको जनाएको हो ।
देशको ४०औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले आज दिउँसो १२:३४ मा शपथ लिनुहुनेछ । प्रधानमन्त्रीको शपथसँगै अन्य मन्त्रीहरूको पनि एकसाथ शपथ गर्ने तयारी छ ।