आज रामनवमी, भगवान् रामको पूजा आराधना गरी मनाइँदै

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत्र शुक्ल नवमी । आजको दिन भगवान् रामको पूजा आराधना गरी देशभर रामनवमी पर्व मनाइँदै छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा भगवान् रामको जन्म आजकै तिथिमा भएको विश्वास गरिन्छ । विष्णुको सातौँ अवतार मानिने रामको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो ।

वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको धार्मिक विश्वास छ । आफ्ना पिता अयोध्याका राजा दशरथको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.