निर्वाचन सफल पारेकोमा प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन सफल पारेकोमा प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई धन्यवाद दिनुभएको छ । 

प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहर" नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । 

भेटका क्रममा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिएर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन सहयोगी भूमिका खेलेकोमा नेकपाका नेताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.