
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह पार्टीका सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी नहुने भएका छन् ।
पार्टीका नेता एवं नवननिर्वाचित सांसद गणेश पराजुलीले स्वास्थ्य अवस्था असहज भएकाले वरिष्ठ नेता शाह कार्यक्रममा उपस्थिति हुने टुंगो नलागेको प्रतिक्रिया दिनुभएको हो । बुधबार सो कार्यक्रममा सहभागी हुनु भएका उहाँले सभापति रवि लामिछाने भने केहीबेरपछि अभिमुखीकरण कार्यक्रममा सहभागी हुने बताउनु भयो ।
सभापति लामिछानको स्वास्थ्यमा सुधार आएकाले कार्यक्रममा सहभागी हुने सुनिश्चित भएको सांसद पराजुलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘यतिखेर सभापतिजी पनि अस्वस्थ हुनुहुन्छ । र, उहाँको स्वास्थ्य सुधार भइराखेको छ भने वरिष्ठ नेताज्यूमा पनि स्वास्थ्य समस्या आइरहेको हुँदै गर्दा उहाँहरू हिजो देखिनै यहाँ आउन सक्नु भएको छैन । यद्यपि आज अलि सन्चो भएको खण्डमा आइपुग्ने भन्ने कुरा छ । सभापतिजीको स्वास्थ्य सुधार भएको र उहाँ आउँदै हुनुहुन्छ । वरिष्ठ नेताज्युको स्वास्थ्य अस्वस्थ असजहता भइरहेको जानकारी छ । यद्यपि उहाँहरूले यो कार्यक्रममा सहभागी हुनुपर्ने होइन र भन्ने प्रश्न जायज छ । भइरहेको भन्ने जानकारी छ ।’
सांसद पराजुलीले आफूहरूले मुलुकमा सुशासन स्थापित गराउन केन्द्रित भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।