
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का १० जना किसानलाई तरकारी उत्पादनमा प्रविधिको प्रयोग गर्दै आयआर्जन बढाउन अनुदानमा मिनिटिलर वितरण गरिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई जितपुरले सहकारीमा आबद्ध किसानलाई चक्लाबन्दी कार्यक्रमअन्तर्गत ५० प्रतिशतमा मिनिटिलर प्रदान गरेको हो । कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख राकेश ओझाले बुद्धभूमि नगरपालिका वडा नं. १० मा रहेको धनकौली कृषि सहकारी संस्थाका अध्यक्ष महन्त केवटलाई मिनि ट्रिलर हस्तान्तरण गर्नुभयो ।
७५ हजार लागतको मिटिटिलर सहकारीमा आबद्ध किसानलाई लहरे तरकारी लगाउन प्रोत्साहन गर्ने उद्देश्यले वितरण गरिएको हो ।