दाङ क्षेत्र नम्बर १ : कस्ता छन् उम्मेदवारका चुनावी एजेण्डा ?

फाल्गुन १४, २०८२ |अमर क्षितिज भण्डारी
दाङ क्षेत्र नम्बर १ : कस्ता छन् उम्मेदवारका चुनावी एजेण्डा ?

दाङ । फागुन २१ गते हुने निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा पनि चुनावी प्रचासप्रसार तीव्र छ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीदेखि संघीय मन्त्री भैसकेका नेताहरूको उम्मेदवारीले यो क्षेत्रमा प्रतिष्पर्धा रोचक देखिको छ। थारु बाहुल क्षेत्र नम्बर १ मा सिँचाइ सुविधा, मुक्त कमैया, भूमिहीनहरूको समस्या समाधान गर्ने र नाका क्षेत्रका नागरिकका लागि आधारभूत आवश्यकता स्थापना गर्ने योजना सहित उम्मेदवारहरू मतदातासामु पुगिरहेका छन् ।

दाङको क्षेत्र नम्बर १ मा २०४६ सालको जनआन्दोलनपछि भएका प्रतिनिधिसभाका ७ निर्वाचनमध्ये ६ निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । २०४८, २०५१, २०५६ र २०७० का निर्वाचनमा जितेको छ । २०७९ सालको निर्वाचनमा गठवन्धन गर्दा समाजवादीलाई भाग परेकाले कांग्रेसले उम्मेदवार बनाएको थिएन भने २०६४ र २०७४ मा कांग्रेस पराजित भयो । 

थारु समुदाय बाहुल्य यो क्षेत्रमा नेपाली काग्रेसले पार्टिका सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेद्धार बनाएको छ । सिमान्तकृत समुदायको बसोबास रहेको र सिमा नाकाको रक्षाका लागि बसेका नाकाबासीका समस्या समाधान गर्ने आफ्नो मुख्य एजेण्डा रहेको नेपाली कांग्रेस, दाङ - १ का उम्मेदवार योगेन्द्र चौधरी बताउछन् ।

२०७४ मा तात्कालिन माओवादी र एमालेको गठबन्धन हुदाा एमालेबाट उम्मेद्धार बनेका मेटमणि चौधरी बिजयी भए । एमाले फुटेर समाजवादी बन्यो समाजवादीबाट मेटमणी मन्त्री बने । २०७९ मा फेरी गठवन्धन भयो मेटमणी उम्मेद्धार बने र विजयी बने । अहिले उनै मेटमणी चौधरी नेपाली कमनिष्ट पार्टि नेकपाबाट उम्मेद्धार बनेका छन् । दुईपटक निर्वाचन जितेका मेटमणी तेस्रो जित निकालेर हृयाट्रीक गर्ने पक्षमा छन् । मेटमणी चौधरीले राप्ती नदिको तटवन्ध र सिंचाइको कुरालाई मुख्य एजेण्डा बनाएका छन् ।

नेकपा एमालेले दाङको थारु बाहुल्य क्षेत्र नम्बर १ मा अहिलेसम्म जित निकाल्न सकेको छैन । २०७९ को निर्वाचनमा शान्ता चौधरी पराजित भएको यो क्षेत्रमा नेकपा एमालेले तात्कालिन चैलाही गाबिस अध्यक्ष र २०७४ मा लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका रेवती रमण शर्मालाई उम्मेद्धार बनाएको छ । सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य एजेण्डा उहाँको भनाइ छ । क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टिले देबराज पाठकलाई उम्मेद्धार बनाएको छ ।

२०७९ मा स्थापना भएको पार्टि रास्वपाको संगठन बिस्तार नभएको प्रचार प्रसारको अवधी कम भएको र पहिलो पटककै निर्वाचनमा १३ हजार ७९८, मत प्रस्त गरी तेस्रो भएको आधारमा यसपटकको नतिजा आफ्नो पक्षमा रहने उम्मेद्धार पाठकको दावी छ ।

दाङ क्षेत्र नम्बर १ मा मुख्य चार दल मात्रै नभएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनिसकेका कुलप्रसाद केसीको स्वतन्त्र उम्मेद्धारीले पनि चुनाबी सरगर्मी बढाएको छ । नेकपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्धारी दर्ता गराएका केसीले साना दुइ दल आम नागरीक पार्टिका उम्मेद्धार सीताराम चौधरी र उज्यालो नेपाल पार्टि तथा जनता लोकतान्त्रीक लोकतान्त्रीक पार्टिका साझा उम्मेद्धार रञ्जीत चौधरीको समर्थन प्राप्त गरी चुनाबी गतिबिधी बढाइरहनु भएको छ । बुटवलबाट लुम्बिनी प्रदेश राजधानी दाङ ल्याउने मुख्य भूमिका आफ्नो रहेकाले प्रदेश राजधानी क्षेत्रका नागरीकले आफुलाई न्याय दिने उहााको बिस्वास छ ।

घोराही उपमहानगरपालिका ४ वडा र देउखुरी क्षेत्रका गढवा , राप्ती, राजपुर गरी ३ गााउपालिका र लमही नगरपालिकाको पूरै भाग पर्ने दाङ क्षेत्र नम्बर १ मा १ लाख ४० हजार मतदाता रहेका छन् । थारु बाहुल्य क्षेत्र नम्बर १ मा सिँचाइ सुबिधा पुराउने मुक्त कमैया, भूमिहनिहरुको समस्या समाधान गर्ने र नाका क्षेत्रका नागरीकहरुका लागि आधारभूत आवस्यकताको परीपुर्ति गर्ने समस्याहरुको समाधान गर्ने योजना मतदातालाई उम्मेद्धारहरुले कसरी बताउने हुन र मतदाताले कसलाई पत्याउने हुन् त्यसका लागि भने अझै केही दिन पर्खनु पर्ने छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।