
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, कांग्रेस र एमाले कार्यक्रमगत रूपमा उस्तै भएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार पार्टीको घोषणा पत्र सार्वजानिक गर्ने क्रममा उहाँले रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलगायतका राजनीतिक दलहरूको नीतिगत रूपमा हिँड्ने बाटो एउटै रहेको बताउनुभएको हो । उहाँले यी राजनीतिक शक्तिहरूबीच नाम, नारा र शैलीमा फरक देखिए पनि नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको उहाँको आरोप छ ।
उनीहरूबीच जनतालाई ढाँट्ने कुरामा मात्रै प्रतिस्पर्धा भइरहेको उहाँले दाबी गर्नुभयो । पञ्चायत अन्तिमतिर उदारवादी बाटोमा हिँडेको र सोही बाटोलाई प्रजातन्त्र र अहिलेको गणतन्त्रले पनि पछ्याइरहेको उहाँको भनाइ छ । उहाँले जनयुद्ध लडेर आएका पुष्पकमल दाहालको पार्टी नेपाली कम्युनिष्ट पार्टीको घोषणा पत्र र नयाँ पुस्ताको दाबी गर्ने रास्वपाको करार पत्रमा भएको आर्थिक प्रतिबद्धताका बीचमा पनि खास अन्तर नरहेको उहाँले बताउनु भयो ।
उनीहरूको पाँच वर्षमा १५० खर्ब रूपैयाँको कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) पुर्याउने वाचा ढाँट्ने प्रतिस्पर्धा मात्रै भएको उहाँले टिप्पणी गर्नुभयो । भुसालले वर्तमान राजनीतिक प्रवृत्ति पपुलिजमतर्फ उन्मुख भएको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओली ‘पपुलिज्मका सर्वोतम पितामह’ र अन्य दलमा नेताहरू पितामहको संज्ञा दिनुभयो ।
नेकपा (संयुक्त) भने पपुलिष्ट धारभन्दा भिन्न रहेको उहाँको दाबी छ । उहाँले नेकपा (संयुक्त)ले राजनीतिमा सधै| प्रतिपक्षको भूमिकामा रहने उल्लेख गर्नुभयो । उहाँले निर्वाचनपछि पार्टीको सरकारमा कुनै दाबी नरहेने पनि स्पष्ट पार्नुभयो । निर्वाचनका बेला कानुनी र राजनीतिक रूपमा पुनर्गठन गर्न अत्यन्तै कम समय पाएकोले सबै क्षेत्रमा उम्मेदवारी दिन पनि नसकिएको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार नेकपा (संयुक्त)ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ । संसद्मा जति नै सहभागिता भए पनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उहाँले बताउनुभयो । उहाँले निर्वाचनमा राजनीतिक पार्टीहरूले बनाउने घोषणापत्र जनता ढाँट्ने माध्याम मात्रै भएको उल्लेख गर्नुभयो ।
राजनीतिक दलहरूले बनाएको घोषणा पत्र हालसम्म कार्यन्वयनमा नआएको उहाँको भनाइ छ । उहाँले नेकपा (संयुक्त)ले तयार पारेको घोषणा पत्रको बाटोमा सबै राजनLतिक दलहर" नआएसम्म देश समृद्ध हुनु नसक्ने ठोकुवा गर्नुभयो ।