
हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अहिले निर्वाचन नचाहनेहरूले समाज र नागरिकलाई त्रसित बनाउन लागिरहेको बताउनुभएको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले जनतालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुने वातावरण बनाउन सुरक्षा निकाय सक्षम रहेको दाबी गर्नुभयो ।