मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्य : उपेन्द्र यादव

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्य : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको छ ।

शुक्रafर पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संविधान पुनरावलोकन नगरेसम्म संघीयता सुदृढ हुन नसक्ने दाबी गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहका अधिकार संकुचित गरिएकाले संघीय संरचना कमजोर बनेको उल्लेख गर्नुभयो । 

संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहका अधिकारहरूको सूची समेत अधुरो, अपुरो र कतिपय अवस्थामा विरोधाभासपूर्ण रहेको अध्यक्ष यादवको भनाइ छ । उहाँले प्रदेशहरूको पुनःसंरचना आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको रहेको उल्लेख गर्दै मुलुकका सबै क्षेत्रमा अझै समावेशी सहभागिता सुनिश्चित हुन नसकेको बताउनु भयो । 

राज्यका निकायहरूमा आंशिक समावेशिता भए पनि समुदायको जनसंख्याका आधारमा प्रतिनिधित्व हुन नसकेको उहाँको तर्क छ । उहाँले नेपालको संसदीय प्रणाली असफल भइसकेको जिकिर गर्दै वर्तमान निर्वाचन प्रणाली समेत अत्यधिक खर्चिलो भएको टिप्पणी गर्नुभयो ।

उहाँले संघीय शासन प्रणाली लागू भए पनि न्याय प्रणाली अझै केन्द्रिकृत र एकात्मक ढाँचामा सिमित रहेको कारण प्रदेश र स्थानीय तह अधिकारविहीन बन्न पुगेको तर्क गर्दै यी सबै समस्याको समाधान गर्न संविधान संशोधन गर्न जरूरी रहेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.