
सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बुको नाम्चे पुग्नु भएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न उहाँ आज हिमाली जिल्ला सोलुखुम्बु पुग्नु भएको हो ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नाम्चेमा स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया हुनेछ। प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी हुनुहुन्छ ।
फागुनमा चुनाव भएकाले कतिपयले हिमाली जिल्लामा मतदान गर्न कठिन हुने भन्दै चुनाव सानुपर्ने पनि धारणा सुनिन थालेको छ । तर, निर्वाचन आयोगले भने तोकिएकै मितिमा एकै चरणमा चुनाव हुने बताउँदै आएको छ ।