चुनावी खर्च हेर्नका लागि निर्वाचन आयोगले अनुगमन गर्दै

माघ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनावी खर्च हेर्नका लागि निर्वाचन आयोगले अनुगमन गर्दै

काठमाडौै । राजनीतिक दल र उम्मेदवारहरुको चुनावी खर्च हेर्नका लागि पनि निर्वाचन आयोगले अनुगमन थालेको छ । आयोगले कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको हो ।

दल वा उम्मेदवारले तथा निर्वाचन प्रतिनिधि र सार्वजनिक पद धारण गरेको व्यक्तिले

सार्वजनिक सम्पत्ति प्रयोग गरे वा नगरेको हेर्ने अधिकार पनि अनुगमन अधिकृतलाई दिइएको छ ।

यसैगरी कानुन विपरित आर्थिक सहयोग लिए/नलिएको, प्रचार प्रसारमा तोकेको हद अनुसार खर्च गरे/नगरेको लगायतका १० विषयमा सूचना संकलन पनि गरिनेछ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सकेर प्रत्यक्षतर्फको पनि मतपत्र छपाइ थालेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि २ करोड ८ लाख ५४ हजार ८ मतपत्र छपाइ सम्पन्न भएको हो । प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइको काम समेत आजदेखि सुरु भएको छ । अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न गरेर निर्वाचन केन्द्रमा ढुवानी थाल्ने आयोगको तयारी छ । अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुर्याइसक्ने लक्ष्य आयोगले लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.