
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन-जी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा पनि जेन-जीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने जिकिर गर्नुभयो ।
उहाँले आफू जेन-जी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरूको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको बताउनु भयो । जेन-जीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरू उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको बताउनु भयो ।
उहाँले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रूपमा सहयो गरेर अघि बढ्ने प्रीतबद्धता जनाउनु भयो ।