
नुवाकोट । नुवाकोटको बेलकोटगढीमा आयोजित १०औं झिल्टुङ क्रस कन्ट्री दौडको उपाधि त्रिभुवन आर्मी क्लबका अजुर्न बुढाले जितेका छन् ।
उनले ५१ मिनेट ५७ सेकेन्डमा १३ दशमलव ४ किलोमिटर दूरी पार गरी १०औं संस्करणको प्रतियोगिताको उपाधि जितेका हुन् । ताप्लेजुङका रमेश लिम्बू दोस्रो र रूकुमका ठगेन्द्र शर्मा तेस्रो भए ।
१८ देखि ४५ वर्ष उमेर समूहको महिला खुलातर्फ एपीएफकी फुलमती राना पहिलो भइन् । यो प्रतियोगिता जे गरौँ गज्जबले गरौँ भन्ने नारासहित बेलकोटगढी नगरपालिकाद्वारा हरेक वर्ष आयोजना हुँदै आएको छ ।