
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरूरी रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरूले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताउनु भयो ।
उहाँले ठूला पार्टीहरू भ्रष्टाचारमा लिप्त भएको र नागरिकका काम नगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको बताउनु भयो । मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि पनि राजतन्त्रको पुनःस्थापना जरूरी रहेको उहाँले बताउनु भयो ।
उहाँले काठमाडौं-५ बाट कमल थापालाई विजयी गराउन पनि आह्वान गर्नुभयो ।