
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवार र प्रस्तावक तथा समर्थक बनेको भन्दै हरिबोल गजुरेलसहितका सात जना नेताहरूलाई निष्कासन गरेको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले विज्ञप्ति जारी गरेर नेकपाका नेता तथा पूर्वमन्त्री गजुरेल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, धर्मनाथ साहलाई पार्टीबाट निष्कासन गरिएको जानकारी गराउनु भएको हो ।
त्यसैगरी लिम्चुङबुङ गाँउपालिका अध्यक्ष समेत रहेका मेजर राई, नेकपाका नेताहरू महेश्वर दाहाल, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निष्कासन गरिएको संयोजक दाहाल र सहसंयोजक नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा आधिकारिक उम्मेदवार रहेका विभिन्न क्षेत्रमा पार्टीको निर्णय र निर्देशन विपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेको भन्दै पार्टीको विधानअनुसार अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको उल्लेख छ ।