झापाबाट फर्केपछि ओलीको गुनासो : सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापाबाट फर्केपछि ओलीको गुनासो : सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएको छ ।

गृहजिल्ला झापाबाट शुक्रबार काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको अध्यक्ष ओलीको भनाइ थियो । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गर्नुभयो । 

विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको ओलीले बताउनु भयो । अध्यक्ष ओलीले देशलाई फेरि पनि सही बाटोमा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.