झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रिया : रास्वपाले आफ्नो स्तर देखायो

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रिया : रास्वपाले आफ्नो स्तर देखायो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरूले झापामा असभ्यता देखाएको बताउनुभएको छ ।

मंगलबार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुग्नुभएका अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताउनु भयो । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उहाँको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भए पनि झडप नभएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनेँ । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्व गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिस्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’

अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.