निर्वाचन प्रहरीको लागि आवेदन खुल्यो

शुक्रबारदेखि पाँच दिनसम्म देशैभरबाट आवेदन दिन सकिने, एक लाख ३३ हजारभन्दाबढि निर्वाचन प्रहरी लिइने
पुस २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन प्रहरीको लागि आवेदन खुल्यो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ५६ दिन बाँकी छ । निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गरि शुक्रबारदेखि पाँच दिनसम्म आवेदन दिन सकिने जनाएको छ । त्यसपछि छनौट प्रक्रिया सुरु हुनेछ । आवेदन हरेक जिल्लाबाट दिन सकिने छ । यसपाली एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी लिने तयारी छ ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम हिजो सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.