संसद्को पुनर्स्थापनाको सम्भावनालाई नकार्न नसकिने इन्द्रबहादुर बानियाँकाे भनाइ

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्को पुनर्स्थापनाको सम्भावनालाई नकार्न नसकिने इन्द्रबहादुर बानियाँकाे भनाइ

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्को पुनर्स्थापनाको सम्भावनालाई नकार्न नसकिने बताउनुभएको छ ।

५०औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले बुधबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री बानियाँले तोकिएको समयमा सरकारले निर्वाचन गर्न नसक्दा संसद् पुनर्स्थापना हुनुपर्ने धारणा राख्नुभयो । संविधान संशोधन गरी जेन-जी पुस्ताको मागलाई सम्बोधन गर्न पनि संसद् आवश्यक रहेको उहाँको भनाइ छ । 

उहाँले अहिलकै प्रक्रियामा निर्वाचन हुँदा जेन-जीको माग पूरा हुन नसक्ने पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.