कमल थापालाई स्वागत गर्दै लिङदेनले भन्नुभयाे-‘विगतलाई बिर्सिएर जाऔँ, मिलाएर लैजान्छु’

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कमल थापालाई स्वागत गर्दै लिङदेनले भन्नुभयाे-‘विगतलाई बिर्सिएर जाऔँ, मिलाएर लैजान्छु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेन्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दाबी गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै सो दाबी गर्नुभएको हो । उहाँले एजेन्डाजस्तै देशभर पार्टीको स्वीकार्यता बढाउनेगरी संगठित भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले राप्रपामा समाहित राप्रपा नेपालका अध्यक्ष कमल थापानालाई विगतका कुराहरू सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले विगतका घटनाहरूलाई नराम्रो सपना सम्झेर बिर्सिदिन समेत आग्रह गर्नुभयो । उहाँले राप्रपाले सामना गर्नुपर्ने चुनौतीहरू थुप्रै रहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न विचार मिल्ने सबै व्यक्ति र समूहलाई एकतामा आउन समेत आह्वान गर्नुभयो ।

उहाँले अगामी प्रतिनिधि सभा निर्वाचनमा आगामी प्रतिनिधि सभा निर्वाचनमा राप्रपालाई प्रमुख राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने दाबी पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.