
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका पूर्वअध्यक्ष पशपति शमशेर जबराले आगामी निर्वाचनमा धेरैभन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आउने चुनावको सामना गर्नसक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उहाँको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा आफूहरुले प्रयत्न गर्नुपर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब आउने चुनाव सामना गर्ने आँट हाम्रो सबैभन्दा ठूलो कुरा हो । त्यसमा हामी सबै मिलेर त्यसमा लागौँ । कमल थापाजीलाई म स्वागत गर्दछु । हामी सबै मिलेपछि महत्वपूर्ण जित निकाल्नेछौँ । हामीले हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा हाम्रो प्रयत्न हुनुपर्छ । तर जहाँ हाम्रो सम्भावना दरो छ, जहाँ जित्ने निर्वाचन क्षेत्र छ, त्यसमा हामी लागि पर्नुपर्छ ।’
पूर्वअध्यक्ष जबराले सबै नेताहरु निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।