‘जेन-जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैन’

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘जेन-जी क्रान्तीले उजागर गरेका विद्यमान समस्याको समाधान मुलुकको संरचनागत परिवर्तनबिना सम्भव छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा देखिएका विद्यमान समस्याको समाधान राजनीतिक संरचनागत परिवर्तनबिना सम्भव नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन-जी क्रान्तीले उजागर गरेका समस्याहरू समाधान गर्न राज्यको संरचनामै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । त्यस्तो परिवर्तनको संवाहक बन्न राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले आपसी एकताले त्यसलाई थप बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन किसिमका समस्याहरू देशमा छन्, जस्ता समस्याहरूलाई जेन-जी क्रान्तीले अगाडि ल्याएको छ त्यस्ताे समस्याहरूको समाधान गर्न राजनीतिक संरचनागत परिवर्तन नभएसम्म सम्भव छैन । त्यो परिवर्तनको संवाहक हुनको लागि हामी जिम्मेवार हुनुपर्छ । यो एकताले यसलाई बल पुर्याउँछ । मलाई विश्वास छ हामी सबै एकअर्कालाई विश्वास गर्दै अगाडि जान सकौँ ।’

उहाँले दुबै पक्षबीच आपसी विश्वास कायम गर्दै मुलुक र जनताको हितका लागि एकता दिगो रहोस् भन्ने उहाँको कामना छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.