मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । 

मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले बुधबार थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो । बुधबार जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिजम्मेवारी पाउनुभएको छ ।

शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेस प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.