
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराउनुभएको हो । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहनुभएका नेताहरूसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाउने उहाँले बताउनु भयो ।
समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरू चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्वपूर्ण काम भएको उहाँकाे भनाइ छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गर्नुभएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह दाग नलागेको व्यक्ति नभएको समेत बताउनु भयो ।