नेपाल भू-राजनीतिक चक्रव्युहमा फसेको राजेन्द्र लिङ्देनकाे भनाइ

पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल भू-राजनीतिक चक्रव्युहमा फसेको राजेन्द्र लिङ्देनकाे भनाइ

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल भू-राजनीतिक चक्रव्युहमा फसेको बताउनुभएको छ ।

पार्टीको मोरङ जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले नेपाल भूराजनीतिक चक्रव्युहमा फसेको दाबी गर्दै कसरी देशलाई जोगाउने र बचाउने भन्ने महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभयो । निर्णायक क्षमता नेपालीहरूको हातबाट बाहिरिएको दाबी गर्दै अध्यक्ष लिङ्देनले विदेशीहरूले कसलाई जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच सुरू गरिसकेको जिकिर गर्नुभयो ।

उहाँले नवयुवाको भावना समेटेर सबै शक्तिबीचको सहमतिपछि मात्र चुनाव भए देशले सही ट्रयाक लिने स्पष्ट पार्नुभयो । राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ अघि बढेको बताउँदै उहाँले देशलाई दीर्घकालीन द्वन्द्वबाट बचाउन राजसंस्थासहितको हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.