फागुन २१ मै निर्वाचन हुनुपर्छ : अध्यक्ष राउत

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ मै निर्वाचन हुनुपर्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कदमलाई आफूहरूले सकारात्मक रूपमा लिएको र निर्वाचनमा भाग लिने कुरा सुरूआतदेखि नै गर्दै आएको बताउनु भयो । 

उहाँले जेन-जी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताउनु भयो । भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभइ समाजमा रहेको त्रासको सामना गर्न सक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको कदमलाई सकारात्मक रूपले हेरेको छ । निर्वाचनमा भाग लिने सुरूआतदेखि नै निर्णय गरिसकेका छौँ । फागुन २१ गते निर्वाचन हुनुपर्छ । आन्दोलनको मर्म जुन थियो, त्यसको कदर हुनुपर्छ । नयाँ जनादेश लिनुपर्छ । हामी निर्वाचनको पक्षमा छौँ । मूल रूपमा भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै होइन, समाजमा नै अराजकताको स्थिति छ, त्यसको सामना गर्ने विषयमा सरकारसँग कुरा भएको छ ।’

उहाँले निर्वाचन प्रयोजनार्थ सुरक्षाबारे आफूहरूले सरकारसँग चासो राखेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.