राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

पुस ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नेताहरूसँगको भेटका क्रममा राप्रपा कार्यालय पुग्नुभएका मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । उहाँले आउने प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताउनु भयो । 

उहाँले राप्रपाले निर्वाचन गराउनैपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएको पनि बताउनु भयो । उहाँले आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आउने निर्वाचनलाई कसरी प्रभावकारी बनाउने, धाँदलीरहित, स्वतन्त्र र सहज रूपमा कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको छ । चुनावी तयारी, समयबारे कुराकानी भएको छ । चुनाव हुन्छ भन्ने आश्वासन आएको छ । चुनावका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अन्य सुधारका लागि सुझाव पनि दिँदै जाने कुराहरू भन्नुभएको छ । छलफल सकारात्मक र फलदायी रह्यो ।’

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरूको कार्यालयमा धाइरहनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.