
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक्ता रहेको बताउनुभएको छ ।
कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई संवैधानिक राजतन्त्रको पक्ष लिएर अघि बढ्न सुझाव आउने गरे पनि अब ढिला भइसकेको र आफू मात्रै लागेर नहुने बताउनु भयो ।
उहाँले नेपाललाई राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बाँच्न नसक्ने बताउनु भयो । देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा रहेको बताउँदै प्रजातन्त्र, लोकतन्त्र छाडातन्त्रमा परिणत भइसकेको उहाँकाे भनाइ छ । जेन-जी आन्दोलनमा नेपाली अनुहार भए पनि त्यसभित्रको रूप के थियो भन्नेकुरा बुझ्न जरूरी रहेको पनि उहाँले बताउनु भयो ।
नेता कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार जरूरी रहेको बताउनु भयो । अहिले नेपालको राजनीतिमा लोकरिझ्याँइले प्राथमिकता पाएको बताउनु भयो ।