
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताउनुभएको छ ।
सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको उहाँकाे भनाइ छ । भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको उहाँले बताउनु भयो । उहाँले अन्तरजिल्ला मतदान व्यवहारिक रूपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अन्तरजिल्ला मतदान व्यवहारिक रूपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेन-जी प्रतिनिधिलाई भन्नुभएको छ । यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्नेकुरा भनिएको छ । राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ । चुनावमा शान्ति सुरक्षाको विषय नै हो । प्रचार प्रसारको विषय नै हो । भयरहीत वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो ।’
उहाँले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताउनु भयो ।