
काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको स्पष्ट पार्नुभयाे । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाउनु भयो ।
सचिव बस्नेतले सरकारले लोकतान्त्रिक पद्दतिसमेत मिचेर अध्यादेश ल्याउने काम गरिरहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।