मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने

मंसिर २९, २०८२ |अनिल मिश्र
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने

जनकपुर । मुख्यमन्त्रीमा नियुक्त भएको १५ दिनपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णद्वारा गएको मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका यादवको पुस ४ गते विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री यादव सहित अन्य तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ खाएको ९ दिनपछि लगातार दोस्रोपटक सोमबार बसेको सात दलिय सत्ता गठबन्धनको ब‌ैठकमा विश्वासको मतबारे सहमति जुटेको अर्थमन्त्री समेत रहनु भएका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिनुभयो । 

मन्त्री यादवकाअनुसार मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको जिम्मेवारी बाँडफाँडको विषयमा छलफल भए पनि सहमति भने हुन सकेको छैन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सिट संख्याको आधारमा बाँडफाँड गर्ने सुरूदेखिनै छलफल हुँदै आए पनि मन्त्रालयको बाँडफाँडमा दलहरूको आ-आफ्न‌ै अडान रहेका कारण मुख्यमन्त्री नियुक्त भएको १० दिन भई सके पनि मन्त्रिपरिषद्ले अहिलेसम्म पुर्णता पाएको छैन् । 

गत मंसिर २१ गते एक भव्य समारोहका बीच मुख्यमन्त्री कांग्रेसको तर्फबाट कृष्णप्रसाद यादव, अर्थमन्त्रीमा जनमतका महेशप्रसाद यादवसँगै विना विभागीय मन्त्रीको सपथ खानु भएका कांग्रेसकै खोभारी राय यादव र नेकपा समाजवादीका कनिश पटेलले पनि अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छैन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।