एमाले बन्दसत्रमा नेतृत्वकाे टकराव : प्रतिनिधिसमक्ष अपिल गर्दै ओली-पोखरेल

मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले बन्दसत्रमा नेतृत्वकाे टकराव : प्रतिनिधिसमक्ष अपिल गर्दै ओली-पोखरेल

काठमाडौं । नेकपा (एमाले)को बन्द सत्रमा अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो पक्षका प्रतिनिधिहरूसँग अपिल गर्नुभएको छ । 

अध्यक्षमण्डल नबनाइ आफैँले बन्दसत्र अघि बढाउनुभएका ओलीले विरोधीले लखेटेको भन्दै सहकर्मीहरूको साथ खोजेको बताउनुभयो भने पोखरेलले ओलीलाई अभिभावक भएर बस्न नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष भए पनि उद्घाटन सत्रमा बोल्ने अवसर नदिइएका ईश्वर पोखरेलले पार्टीमा लोकतान्त्रिकरण र नेतृत्व हस्तान्तरणको अगुवाइ गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो । पोखरेलले ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेका कुराहरू अहिले तोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अलग्गै अवधारणा राख्दै उहाँले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना पनि गर्नुभयो । बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेका विषयको जवाफ दिँदै अध्यक्ष ओलीले आफूले पार्टीको अहित हुने गरी कुनै काम नगरेको दाबी गर्दै नेतृत्व छाड्न गरिएको मागप्रति असन्तुष्टि जनाउनुभयो । 

उहाँले सर्वसम्मत नेतृत्व बनाउन पनि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा आउने भए पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फेरि सदस्यताको निवेदन दिनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.