
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीले नेतृत्व अर्को व्यक्तिलाई दिएमा ११औं महाधिवेशनमा आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्ने संकेत गर्नुभएको छ।
आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले नेतृत्वबाट सम्मानजनक बहिर्गमन चाहने हो भने दोस्रो व्यक्तिको नेतृत्व स्वीकार्य हुन सक्ने बताउनुभएको हो। कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै पोखरेलले अध्यक्ष ओलीले आफ्नो नाममा सर्वसम्मति गर्ने निर्णय गरेको स्थितिमा पनि सहमति हुन सक्ने, नभए प्रतिस्पर्धामा जाने बताउनुभएको हो।
पोखरेलसँग पार्टीको महाधिवेशन, आगामी निर्वाचनमा पार्टीको सहभागितालगायतका विषयमा गरिएको पूरा अन्तर्वार्ता साेमबार राति ९ बजे कान्तिपुर टिभी एचडीमा प्रसारण हुनेछ।