नवनिर्वाचित सांसदहरूले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ : कमला पराजुली

चैत्र ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनिर्वाचित सांसदहरूले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ : कमला पराजुली

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ ।

६१औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो । अध्यक्ष पराजुलीले जातीय विभेदको शिकार सबैभन्दा बढी दलित महिलाहरू पर्नुपरेको तथ्य प्रस्तुत गर्दै त्यसको अन्त्यका लागि नवनिर्वाचित सांसदहरूले कडा कानुन निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो । 

उहाँले नेपाल प्रहरी र महिला आयोगमा पनि जबरजस्ती करणीलगायतका महिला हिंसाका घटना जातीय विभेदका कारण आउने गरेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर निराकरण गर्दै लैजानुपर्ने बताउनु भयो । अध्यक्ष पराजुलीले अपहरण, कर्तव्य ज्यानका उजुरीहरू पनि आउने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको निराकरणमा सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.