अगामी निर्वाचनबाट एमालेले फेरि सरकार बनाउँछ : ओली

मंसिर २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
अगामी निर्वाचनबाट एमालेले फेरि सरकार बनाउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गर्नुभएको छ ।

आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाइ थियो । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरू सो निर्वाचनको पर्खाइमा रहेको समेत बताउनु भयो । 

अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्ने नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ । तर हामी चुनाव पर्खिरहेका छौँ । जहिले चुनाव हुन्छ, म सबैले सुन्नेगरी भन्न चाहन्छु–अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो । तिनै पुराना पार्टी आउने हो भनेर भन्छन् । अरु आउँछन आउँदैनन् म जान्दिन तर एमाले आयो आयो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनुपरेको पनि दोहोर्‍याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.