
सिन्धुपाल्चाेक । भोटेकोसी गाउँपालिका-२ का स्थानीयले सरकारी उदासिनताको विरोध गर्दै शनिबार बिहानदेखि ‘इको’ पहिरो क्षेत्रमा धर्ना दिएका छन् ।
धर्नाका कारण खासाबाट मालबाहक गाडी आवतजावत बन्द हुँदा तातोपानी नाका ठप्प भएको छ ।
इको पहिरोले पाँच सयभन्दा बढी सर्वसाधारणको बस्ती जोखिममा परेपछि दिगो पहिरो नियन्त्रणको माग गर्दै स्थानीय सडकमै बसेका हुन् । सडक डिभिजन कार्यालय चरिकोट र ठेकेदारले पटक–पटक ठेक्का पाए पनि प्रभावकारी काम नगरेको स्थानीयको गुनासो छ ।
बाह्रबिसे–लिपिङ सडक मर्मत तथा कालोपत्रेका लागि एक अर्ब ३४ करोड र इको पहिरो नियन्त्रणका लागि ४८ करोड ४९ लाख बजेट छुट्याइए पनि काम सुरु नभएकाले तत्काल काम थाल्न दबाब दिन धर्ना दिइएको स्थानीयले बताएका छन् ।