मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त (विज्ञप्तिसहित)

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त (विज्ञप्तिसहित)

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ ।

शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । हाल मधेश प्रदेश सभामा १ सय ४ जना प्रदेशसभा सदस्य छन् ।

लामो रस्साकस्सीपछि शुक्रबार दिउँसो सात दलका नेताहरूले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.