
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष पदकाे उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ ।
काठमाडौंमा हुने ११औं महाधिवेशनमा उहाँले अध्यक्ष पदका उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे हाे । पार्टी पुनर्गठन र रूपान्तरणका लागि आफूले अध्यक्ष पदमा दाबी गरेको उहाँले स्पष्ट पार्नुभएकाे छ । केपी शर्मा ओलीले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरिसक्नुभएकाे छ ।



