एनपीएल : लुम्बिनीलाई काठमाडौंको १५८ रनको चुनौती

मंसिर ९, २०८२ |खेल ब्युरो
एनपीएल : लुम्बिनीलाई काठमाडौंको १५८ रनको चुनौती

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलअन्तर्गत मंगलबारको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे ।

लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई-दुई विकेट लिए । काठमान्डुले तीन खेल खेलेको छ, जसमा दुई हार र एकमा जित निकालेको थियो । काठमान्डु दुई अङ्कसहित तेस्रो स्थानमा छ । लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो नम्बरमा छ ।दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।-रासस