
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनको लागि तयार भइसकेको बताउनुभएको छ ।
मंगलबार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उहाँको सो प्रतिक्रिया आएको हो । मन्त्रीपरिषद् बैठकमा निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले अब निर्वाचन हुँदैन कि भन्ने आशंका गर्ने ठाउँ नरहेको समेत बताउनुभयो ।
उहाँले निर्वाचनका लागि राजनीतिक दलहरूको तर्फबाट माहाेल बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो । त्यस अवसरमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार आफूलाई अघि बढाएको दाबी समेत गर्नुभयो ।