
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताउनुभएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा उहाँले पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताउनुभएको हो । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशील अभियान चलाउनुभएको थियो । उहाँले सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधिशहरूलाई धुपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’ शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकता सोमबार भएको हो ।