दुर्गा प्रसाईं नागरिक बचाउ महाभियानको हड्तालका कार्यक्रम फिर्ता

सरकार र महाभियानका प्रतिनिधिबीच सहमति
मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईं नागरिक बचाउ महाभियानको हड्तालका कार्यक्रम फिर्ता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले आजदेखि गर्ने भनिएको हड्तालका कार्यक्रम फिर्ता लिएको छ ।

सरकार र महाभियानका प्रतिनिधिबीच हिजो बालुवाटारमा भएको वार्तामा महाभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति बनेको हो ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको र छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको सहमतिपत्रमा उल्लेख छ । महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको पनि सहमति पत्रमा उल्लेख छ ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो । महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.