
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा भ्रष्टाचार विरकाल रूपमा फैलिएको बताउनुभएको छ ।
वाइसिएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार देशको लागि दुर्भाग्य भएको बताउनुभएको हो । भ्रष्टाचारविरूद्ध सरकारमा हुँदा र नहुँदा पनि आफूहरूले आवाज उठाउँदै आएको भए पनि अपेक्षित रूपमा सरकारले सुन्न नसकेको उहाँले बताउनु भयो ।
उहाँले भदौ २३ र २४ गतेको जेन-जीको आन्दोलनले भ्रष्टाचार विरोधी अभियान र आफूहरूले उठाउँदै आएको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा नयाँ उर्जा दिएको उल्लेख गर्नुभयो । भ्रष्टाचारविरोधी आन्दोलनका लागि उहाँले युवाहरूलाई धन्यवाद समेत दिनुभयो ।
उहाँले राष्ट्र पहिलो भन्ने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर देश निर्माणमा लाग्नुपर्नेमा बताउनु भयो ।