
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताउनुभएको छ ।
केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने उहाँले बताउनुभएको हो । उहाँकाअनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेको पनि उहाँले बताउनु भयो ।
उहाँले नेपाली कांग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि बताउनु भयो । आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरूलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने उहाँकाे भनाइ छ । निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्ने पनि उहाँले बताउनु भयो । सरकार राजनीतिक दलहरूले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको उहाँले आरोप समेत लगाउनु भयो ।
महामन्त्री थापाले नेपाली कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनु भयो ।