प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुने कांग्रेसकाे निर्णय

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो । महामन्त्री गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा अन्य राजनीतिक दलहरूलाई पनि सहभागि हुन आग्रह गर्नुभएको छ । 

एकमहिनादेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको मिति भने टुङगो लगाउन सकेन । नियमित महाधिवेशन कि विशेष भन्नेमा कांग्रेसभित्र दुईधार देखिँदा महाधिवेशनको मिति टुङग्याउन नसकेको हो । कांग्रेसले जेन-जी आन्दोलनपछि गठन भएको सुशीला कार्की सरकार र कार्की सरकारले विघटन गरेको प्रतिनिधि सभालाई लिएर आधिकारीक धारणा सार्वजनिक गरेको छैन । 

जेन-जी आन्दोलपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिइसक्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.